सरकारले नया सवारी नकिन्ने, सरकारी भवनपनि नबनाउने


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौति गर्न नया सवारी नकिन्ने घोषणा गरेको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सरकारी खर्च कटौति गर्ने घोषणा गर्दै त्यसका लागि नया सवारी नकिन्ने घोषणा गरेका हुन् । बश्र सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गरिने अर्थमन्त्री डा.महतले बताए ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने भएको छ । अर्थमन्त्री डा.महतले सरकारी खर्च कटौति गर्नका लागि सरकारी नया भवन नबनाउने घोषणा गरेका हुन् ।

डा.महतले सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधापनि कटौति गरिएको बताए । स्वीकृति मापदण्डमा आधारित भएर अबदेखि नगदमै ईन्धन सुविधा दिईने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।