मुस्ताङको आलुको बिउ संरक्षण गरि खेती बिस्तार गर्न सरकारले सघाउने


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




सरकारले गण्डकी प्रदेशमा उत्पादन हुने मुस्ताङको आलुको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने भएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै रैथानेमा गर्व गरौं भन्ने नाराका साथ मुस्ताङको आलुसहित जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा र गुल्मीको कफीलगायत विभिन्न रैथाने तथा परम्परागत बालीको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने घोषणा गरेका हुन् ।

त्यस्तै, अर्थमन्त्री डा.महतले कर्णाली प्रदेशलगायत विभिन्न स्थानमा उत्पादन हुने मार्सी धान, कागुलो, कोदो, फापर, जौं, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन तथा खाद्य व्यापार कम्पनी मार्फत खरिद गर्ने घोषणा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।