सरकारले पर्यटन क्षेत्रका लागि झण्डै १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि पर्यटन क्षेत्रमा ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर ल्याइएको बजेटमा चालु आर्थिक वर्षको भन्दा २ अर्ब ५८ करोड रुपैयाँ बजेट बढी विनियोजन भएको छ । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो ।
सरकार आगामी दशकलाई पर्यटन दशक घोषणा गरेको छ भने सन् २०२३ मा मात्रै १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको घोषणा गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







