भिरबाट लडेर आमा-छोराको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।