पोखरा आउँदै गरेको बस मुग्लिनमा दुर्घटना, ३२ घाइते


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

मंगलबार काठमाण्डौंबाट पोखराका लागि छुटेको ग १ ख ७७०१ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस अपरान्ह ४ बजे दुर्घटना भएको हो ।

सो दुर्घटनामा ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।