पोखरामा पानी परेसँगै गर्मीमा मिल्यो राहत


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा विगत केही दिनदेखि बढेको गर्मीमा शुक्रबार अपरान्ह पानी परेसँगै केही राहत भएको महशुस गरिएको छ ।

शुक्रबार अपरान्ह ४ बजेदेखि पानी परेसँगै बढेको गर्मीमा केही मात्रामा राहत मिलेको महसुस गरिएको पोखरा–५ प्रस्याङ्ग सरोज शर्माले बताए । साँझपख पानी पर्दा सितल हुने पोखरामा केही दिनदेखि पानी नपर्दा गर्मी ह्वात्तै बढेको थियो ।

यस्तै आज रातीपनि गण्डकी सहित कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पोखराको अधिकतम तापक्रम ३४ डिग्रि सेल्सियससम्म मापन गरिएको थियो । भने न्यूनतम तापक्रम २१.१ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार देशका अधिकांश भू–भागहरुको अधिकतम तथा न्यूनतम तापक्रममा वृद्धि भइरहेको छ । तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।