स्याङ्जा । नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित भएका हुन् ।
उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहेका छन् ।
निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।
समाजको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले उदघाटन गरेका थिए ।
मेयर खाँणले जनताले महसुस गर्ने गरि काम गर्ने अभियानमा रहेको भन्दै निर्वाचनको वेला वोलेको कुरा पुरा गर्ने बताए ।खानेपानी ,अस्पताल र अफ्ट्यारो परेको ठाउँमा मेयर देखिने बताए ।
सहयोग जुटाएर शुरु गरेको एम्बुलेन्स संचालनमा समस्या भए नगरपालिका साथ दिन तयार रहेको प्रतिवद्द्ता जनाए । ११ नम्बर वडाका वडाध्यक्ष डन्डपाणी पंगेनीले एम्बुलेन्स संचालनको लागि सानो सहयोग वडाको तर्फवाटपनि गरिने बताए।
समाजका सस्थापक अध्यक्ष घनश्याम पाण्डेयले नमुना स्वरेक स्थापनाको लागि विदेशमा रहेर भुमिका खेल्नु हुने भेषराज पराजुली ,जिवन पौडेल ,बालकृष्ण पराजुली,गोविन्द पराजुली र इश्वर पराजुलीको योगदान महत्वपूर्ण रहेको बताए ।
स्थानीय सरकारले गर्नुपर्नेकाम समाजले गर्दे आएकोले नगरबाट समाजलाई सहयोग पुग्ने विस्वास लिएको बताए । पाण्डेयले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै नयाँ आउने समितिको साथमा आफु सधैं रहने बताए ।
कार्यक्रम पुर्ब एसएसपी यम प्रसाद पराजुली,भीरकोट ५ का जनप्रतिनिधि डम्बर अर्याल ,समाजसेवी कमल पंगेनी,यमलाल शर्मा लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।
यसै विच कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पङगेनीलाई नगर सम्मान पत्रले सम्मान गरिए थियो भने समाजलाई पछिल्लो समय आर्थिक सहयोग गर्ने नारायण शर्माको वुवा र पुर्वजनप्रतिनिधि मिना खाण लगायतलाई सम्मान गरिएको सचिब इन्दप्रसाद पराजुलीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







