विश्व वाताबरण दिवसः इन्द्रेणी एकीकृत बिकास केन्द्रद्वारा वृक्षारोपण


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित




पोखरा । इन्द्रेणी एकीकृत बिकास केन्द्रले ५० औं विश्व वाताबरण दिवसको अबसरमा बृक्षारोपण गरि मनाएको छ । केन्द्रले पोखरा महानगर पालिका वडा न १ स्थित माछापुच्छ्रे दृश्यावलोकन पार्कमा विभिन्न थरिका ५ सय भन्दा बढि बोटबिरुवा रोपेको हो ।

केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्ब अध्यक्ष राम बिक्रम राणा सयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा स्थानीय संघसस्थाका प्रतिनिधि र केन्द्रका आजिबन र साधारण सदस्य हरुको उपस्थित रहेको थियो । उक्त अवसरमा सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली , राम बिक्रम राणा , चक्रपाणी सुवेदी , मुक्तिराम अधिकार , सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारि , अञ्जुली आ.माबिका राजु केसि लगाएतले वृक्षरोपण संग यसको संरक्षणमा पनि उत्तिकै जोड दिएमा दिवसको सार्थकता हुने बताएका थिए ।

केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव वसन्त बास्तोलाले गरेका थिए ।केन्द्रले पार्क सगै सोही स्थानमा किरियापुत्री भवन समेत निमार्ण सम्पन्न गरेको छ ।

जहा आवासीय रुपमा किरिया गर्न मिल्ने व्यवस्था समेत रहेको केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणाले जानकारी दिए । पार्कलाई पिकनिक खाने सगै अन्य कार्यक्रम गर्न मिल्ने गरि अन्य कामहरु हुदै गरेको राणाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।