पोखरा । पोखरा १२ अमरसिंह माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले पोखरा – १७, महतगौडा स्थित पोखरा वृद्धआश्रमममा शैशिक्ष भ्रमण गरेका छन् ।

विद्यालयमा पाठ्यपुस्तक अध्यायन मात्र नभइ, प्रतक्ष रुपमा सहभागि भएर व्यवहारीक शिक्षा, शिप आर्जन गर्ने उद्देश्यले भ्रमण गरिएको विद्यालयका सामाजिक शिक्षक उद्धय पोख्रेलले बताए ।
भ्रमणले पछिल्लो समयमा जेष्ठ नागरिकहरुमा देखिन थालेको कष्टकर, दुखदायीका समस्या समाधानका लागि विधार्थीहरुमा आप्mनो समाजका जेष्ठ नागरिक आप्mनैघरका वुवामुवा प्रतिको सम्मान गर्ने बानिको विकास हुने, पोखरेलको विश्वास रहेको छ । यसले आगामी दिनमा सन्तान हुनेहरु वृद्धा आश्रममा जान नपर्ने र सहयोग सन्तानबाटै गर्ने भावको विकास हुनेछ ।
पहिलेको तुलनामा पोखरा वृद्धा आश्रम धेरै व्यवस्थापन भएको र आश्रमलाई थप व्यवस्थापन गर्दै जाने पोखरा वृद्धा आश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए । आश्रमबासीका स्वास्थ्य उपचार, लत्ताकपडा, खानाको लागि सरकारी तथा गैरसरकारी संघसंस्था र व्यत्तीगत रुपमा आएको सहयोगले व्यवस्था गरिएको छ ।
आश्रममा हाल २२ जना पुरुष र २६ जना महिला गरी जम्मा ४८ जना रहेका छन् । विद्यार्थीहरुले अध्यक्ष पराजुलीसँग विभिन्न खालका जिज्ञासाहरु राखे । भ्रमण पछि, छात्र अनिश शर्माले भविष्यमा आश्रम सञ्चालन गर्ने भावना जागेको बताए । उहाँहरुको जीवनको वास्तवीक भोगाईँको ज्ञान लिएर परिवार, समाज र देशको विकास गर्न सकिने जानकारी दिए ।
छात्रा सलिना गिरीले उहाँहरुसँग प्रतक्ष भेट्न पाउँदा खुसी लागेको र धेरै कुराहरु सिक्ने मौका पाएको बताए । आश्रममा जति राम्रो व्यवस्था भएतापनि आप्mनै घरपरिवारले स्यारसुसार गरे जस्तो नहुने गिरीले बताए ।

उक्त अवसरमा विद्यार्थीहरु ५ समुहमा विभाजन भएर आश्रमका जेष्ठनागरिकहरुको कपडा धुने, शौचालय, वाथरुम, र कोठाहरु सफा भवन वरिपरी सफागर्ने लगायतका काम गरेका थिए । भ्रमणमा विद्यालयका शिक्षकहरु सलिना गिरी, दुर्गा भण्डारी, बलराम पोख्रेल र मंगल रोका पनि सहभागि थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







