पोखरा । स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्कको विकास हुन सक्छ भन्दै पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले हालै निर्माण गरेको फुटसल कोर्ट र भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको एक समारोहबिच संंयुक्त रूपमा विद्यालय प्राङ्गणमा शनिबार उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले पानसमा दीप प्रज्ज्वलनका साथ रिबन काट्दै प्रमुख रेफ्री फुटबल रेफ्री सङ्घ कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी कार्यव्रmमको समुद्घाटन गरेको थिए ।
यसै अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कोसेढुङ्गा मानिने उत्कृष्ट महिला खेलाडी सावित्रा भण्डारी ९सम्बा० लाई विद्यालयले नगद पच्चिस हजार रुपियाँका साथ प्रमाणपत्र र दोसलाले सम्मान गरेको छ ।
वि.सं. २०६९ बाट औपचारिक फुटबल खेल जीवन सुरु गरेकी भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र समुज्ज्वल भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने कुरा बताए भने विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै सदैव खेल जगत्को धरोहर बनी देशको पहिचानको मार्गमा उभिने विचार प्रस्तुत गरे ।
विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक एवम् सहकार्यकलाप अन्तर्गत ऐतिहासिक उपलब्धिहरू हासिल गरी राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएकामा प्रशंसा गर्दै प्रमुख अतिथि पृतनापति दिपककुमार बानियाँले एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गरेर विद्यालयले प्रदेश स्तरीय फुटसल प्रतियोगिता राखेकामा खुसी व्यक्त गरे ।
काम, शिक्षा, व्यवसाय कुनै पनि नराम्रा छैनन्, सबै राम्रा छन् एकचित्त भएर लाग्न सके सबैमा सफलता मिल्न सक्छ भन्दै उनले शारीरिक र मानसिक रूपमा स्वस्थ हुनका लागि खेल अपरिहार्य भएको कुरा व्यक्त गरे । यसको साथै कार्यव्रmममा विद्यालयका प्रचार्य नारायण बरालले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले गरिरहेका शैक्षिक तथा सहकार्यकलापको जानकारी गराउँदै उपस्थित सम्पूर्णलाई स्वागत गरे ।
तीन दिनसम्म चल्ने यस प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट छैसट्ठी समूहको सहभागिता रहेको छ भने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने र केही अन्य आकर्षक पुरस्कार पनि वितरण गरिने कुरा विद्यालयका दस जोड दुईका इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।
यसका साथै एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आत्मनिर्भर हुने सिपदेखि शैक्षिक तथा बौद्धिक विकास गर्ने हाजिरीजवाफ जस्ता प्रतियोगिता गरिरहेको कुरा विद्यालय स्रोतले बताएको छ ।
विद्यालयका निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यव्रmमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभागीय प्रमुख तथा करियर परामर्शदाता बामनकुमार घिमिरेले गरे ।
साथै विद्यालयमा विद्यार्थीको आचरण, व्यवहार र शैक्षिक गतिविधिको जानकारी दिने तथा लिने उद्देश्यका साथ आयोजित मावितर्फ ९कक्षा ९ र १०० को शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम पनि शनिबार सम्पन्न भएको कुरा मावि इन्चार्ज डिल्लीराम भट्टराईले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







