पोखरा, जेठ २८ ।
“घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्ने नारालाई आत्मसाथ गर्दै पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखाको आयोजना र वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगर पालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ । पोखरा महानगर पालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृर्षि औजार कुटो शनिबार वितरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगर पालिका पशु तथा कृर्षि महाशाखा प्रमुख मनोहर कडरियाले घरबाट निस्कने फोहोरलाई कम्पोष्ट मलका रुपमा प्रयोग गर्ने सके मोहरको रुपमा आम्दानि गर्ने सक्ने बताए । घरमा बनाएको कम्पोष्ट मल लाई आफ्नो खेतबारीमा प्रयोग गरेर अर्गानिक खेति गर्ने सुझाए ।
बशेष अतिथि तथा पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखा पामेकी प्रमुख पुनम कुवँरले घर आगन बाट निस्कने फोहोरmलाई सदुपयोग गरि कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने सकेमात्र बिदेशबाट आउने मलबाट परनिर्भरता कम गर्ने, सहयोग पुग्ने आशा ब्यक्त गरिन् ।
पोखरा महानगर पालिका कौशि खेति एडमिन तथा कृर्षि सञ्जाल पोखरा ६ बैदामकी अध्यक्ष भावना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा संञ्जीविनी आमा समहु पोखरा ६ गैरीखेतकी अध्यक्ष भगवति बानिया र कृर्षि सञ्जाल पोखरा ६ बैदामका सचिव शिबु सुवेदी लगायतका वक्ताहरुले गृहणी महिलाहरुलाई कम्पोष्ट मलको बारेमा तालिम दिन सकेकामा आर्थिक स्तर बृद्दि हुने छ, भन्दै आफ्ना भनाई राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







