पोखरा, जेठ २८
स्कुलको छतबाट खसेर पोखरामा एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी हुन् । उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् । उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको उपचार भईरहेको कास्की प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







