प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा विभिन्न कार्यालयलाई ज्ञापन पत्र वुझाइयो,गलत तथ्यांक तत्कालै सच्याउन माग


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित




कास्की । नेपाल मगर संघ कास्की र नेपाल पुनमगर समाज केन्द्रीय समितिले प्रमुख जिल्ला अधिकारी कास्कीका बासुदेव घिमिरेलाई सोमबार संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ ।

पुन मगर हैन, भन्ने गलत तथ्यांक तत्कालै सच्याउनका लागि पुनमगर र मगर संघ कास्कीले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई अधिकारी घिमिरे मार्पmत ज्ञापन पत्र बुझाइएको हो ।

प्रधान मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्यांक विभाग कार्यालयले यही २०८० जेठ १९ गते जारी गरेको, भाषा र धर्म सम्बन्धीको तथ्यांक प्रति, उनीहरुको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सूचिकृत संख्यात्मक रुपमा सबै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर मध्ये पुन हो तर, नेपाल सरकार अन्र्तगतको राष्ट्रिय तथ्यांक कार्यालयमा लिखित रुपमा पटक–पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको उल्लेख छ ।

प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भिर त्रुटीले समाज भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्धन्दको विजारोपण भएको हुनाले तत्कालै सच्याउन पत्र मार्फत अनुरोध गरिएको छ ।

इतिहास, भूगोल, भाषा, संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले ३ दिनभित्र पुन जाति भनि सार्वजनिक गरिएको नौ हजार ८ सय २७ संख्यालाई तुरुतै मगर जातिको संख्यामा गाभ्न निर्देशन गर्नका लागि सम्बन्धीत निकायलाई अनुरोध गरिएको छ ।

त्रुटी नसच्याइएको अवस्थामा आप्mनो पहिचान र अस्तित्वका लागि शसक्त आन्दोलनमा जानको विकल्प नरहेको अवगत समेत पत्रमा उल्लेख गरिएको छ । नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थाप मगर र नेपाल पुनमगर समाज केन्द्रीय समितिका अध्यक्ष हर्क पुनमगरको नेतृत्वमा अधिकारी घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।

मगर सामुदायमा थापा, राना आले, घर्ती, पुन, रोका र बुढा गरी सात प्रकारको मुख्य थर र पुलामी, मास्की, पुर्जा लगायतका सयौं उपथार हुने अध्यक्ष पुनमगरले जानकारी दिए । पुन पुर्खा देखि नै मगर भएको र २०६६ सालमा पुनमगर समाज गठन गरिएकोमा त्यसको ३ महिना पछि नगन्यमात्रमा केही पुन मगरहरु छुट्टै जाति हो भनी छुट्टीएको समेत उनले जानकारी दिए।

पुन मगरका अनुसार मुलुकमा पुनमगरहरु ५ लाख रहेका छन् । मगर सामुदाय भित्रको मुख्य थर पुन पनि भएको बारे सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदा बझाउँदै पनि ९ हजार ८ सय २७ जनालाई मगर हैन, छुट्टै जाति हो, भनेर तथ्यांक कार्यालयले सार्वजनिक गरिएको प्रति मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले दुख व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।