पोखरा, जेठ ३२
पोखरामा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको छ । गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सह–आयोजनामा पोखरामा विहीबार‘सचेतना कार्यक्रम’ गरेर ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले ज्येष्ठ नागरिकलाई सम्मान र मायाको खाँचो रहेको बताईन् । विदेशमा भन्दा नेपालमा ज्येष्ठ नागरिकलाई सम्मान र माया दिइने गरेको बताउँदै उनले भनिन्,‘विदेशमा ज्येष्ठ नागरिकले नाती नातीनी हेर्दैनन् । अनि नाती नातीनीलेपनिपनि हजुरबा, हजुरआमालाई वास्ता गर्दैनन् तर नेपालमा हजुरबा, हजुरआमाले नाती नातीनी स्याहार्छन् । अनि नाती नातीनीलेपनि हजुरबा, हजुरआमालाई आदर र सम्मान गर्छन् ।’ तर विदेशको प्रभाव नेपाली समाजमा देखिदा ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने क्रम बढेको उनको भनाई छ । उनले संयुक्त परिवार सबै हिसाबले राम्रो भएको बताईन् । संयुक्त परिवारमा एकले अर्कोलाई सघाउनुपर्ने दायित्व हुने बताउँदै उनले भनिन्,‘अहिलेका छोराबुहारी व्यस्त हुन्छन् त्यसैले ज्येष्ठ नागरिकलेपनि उनीहरुको व्यस्तता बुझिदिनुपर्छ, अनि छोरा बुहारीलेपनि ज्येष्ठ नागरिकलाई आदर, सम्मान र माया दिनुपर्छ ।’

नेपाल मानव अधिकार आयोग प्रदेश कार्यालय पोखराका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार र हिंसा हटाउन सचेतना आवश्यक रहेको बताए । ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहार सहनपनि नहुने र टुलुटुलु हेरेरपनि बस्न नहुने भन्दै उनले अगाडि भने,‘उमेरले बुढ्यौली लागेपनि ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानको खानी हो । उनीहरुलाई सम्मान र माया दिएर त्यो अनुभव र ज्ञानको सदूपयोग परिवार, समाज र राष्ट्रले गर्नुपर्छ । तर उहाँहरुबिरुद्ध हुने दुव्र्यवहार र हिंसा सह्य हुँदैन ।’
गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार र हिंसा बढ्दो क्रममा रहेको बताए । त्यसको रोकथामका लागि ऐन, कानून र नियमावली बनेपनि कार्यान्वयन चित्तबुझ्दो नभएको उनको गुनासो छ ।
गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका उपाध्यक्ष अमर शर्मा उपाध्यायले ज्येष्ठ नागरिकप्रति हुने हेपाईं र हिंसा निरुत्साहित गर्नुपर्ने बताए । ‘ज्येष्ठ नागरिकलाई किन र कसरी सम्मान गर्ने ? यो कुरा सिकाउन जरुरी छ । यसबारे विद्यालय स्तरदेखि कलेजसम्मै कोर्ष राखेर सिकाउनुपर्ने आवश्यक्ता छ’–उनले भने ।
सामाजिक अभियन्ता विकल तुलाचनले सचेत व्यक्तिले मात्र दयाभाव राख्ने भएकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारबारे सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिवक्ता गीता लामिछाने विष्टले ज्येष्ठ नागरिक को हुन् ? र उनीहरुप्रति कस्तो व्यवहार गर्ने ? भन्नेबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पु¥याउने पिताम्बर शर्मा, विकल शेरचन, हेरम्बप्रसाद कोईराला, दामोदर शर्मा, लेखनाथ शर्मा, भक्तराज श्रेष्ठ र विश्वनाथ पराजुलीलाई दोषल्ला र ताम्रपत्रले सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







