पोखरा । काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा चित्रकला सम्बधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवालीको अध्यक्षतामा संम्पन्न सो कार्यक्रममा चित्रकला सम्बधि सहजीकरण चित्रकारहरु नुमा गुरुङ र उमेश दुराले गरेका थिए ।
क्याम्पसकै सभाहलमा करिब सय बिधार्थीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा चित्रकलाका बिभिन्न विधाहरुको बारेमा सहजकर्ताहरुले प्रकाश पारेका थिए ।
साथै चित्रकारहरु द्वयले सृजना गरेका र बिक्री गरेका बिभिन्न विधाका चित्रहरुको डिजिटल प्रदर्शनी समेत गरीएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका क्याम्पसका प्रमुख बिरंजी गौतमले चित्रकला सम्बन्धि आफ्नो धारणा ब्यक्त गर्नुका साथै चित्रकला पनि एउटा बिशिस्ट कला भएको र यसमा रुची हुनेहरुले आफ्नो पढाई संगै सो कला साथै अन्य कुनै पनि कलालाई अगाडी बढाउनको लागि प्रेरित गरेका थिए ।
सहजीकरण गर्ने क्रममा चित्रकार नुमा गुरुङले चित्रकलालाई रुचीको बिषय मात्र नबनाई लगाबको साथ यसमा लागेमा सफलता प्राप्त गर्न सकिने र राम्रो आर्जन गरि सहज जिबनयापन गर्ने सकिने अनुभव सुनाएका थिए । यसै क्रममा अर्का चित्रकार तथा सोहि क्याम्पसका बिधार्थी उमेश दुराले चित्रकला एक बलियो कला रहेकाले मेहनत, समर्पण र निरन्तर अभ्यास भएमा यसमै पनि आफ्नो भविष्य सुरक्षित हुने अनुभव सुनाएका थिए ।
सोहि क्याम्पसकि बिधार्थी अस्मिता घिमिरेले संचालन गरेको सो कार्यक्रमको अन्त्यमा चित्रकार उमेश दुराले आफुले बनाएका दुई स्केचहरु क्याम्पसलाई उपाहारको रुपमा हस्तान्तरण गरेका थिए भने कार्यक्रमकै दौरान अर्का चित्रकार गुरुङले क्याम्पस प्रमुख गौतमको स्केच तयार गरि उहालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम समापन गर्दै अतिरिक्ति क्रियाकलाप प्रमुख तथा कार्यक्रम अध्यक्ष शिशिर ज्ञवालीले चित्रकलामा रुची भएका बिधार्थीहरुका लागि यहि असार १२ गते बिहान ८ बजेदेखि क्याम्पस सभाहलमै एक हप्ते निशुल्क स्केच आर्ट सम्बन्धि तालीम हुने जानकारी गराए । बुद्ध चोकमा संचालित पिगमेन्ट ट्याटु एण्ड आर्टका संचालक समेत रहेका चित्रकार नुमा गुरुङले सो तालिम गराउने जानकारी समेत ज्ञवाली गराए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







