पोखरा । पोखराको रंगशालामा भोलिदेखि तेस्रो प्रदेशस्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

सोहि अवसरमा गण्डकी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालन हुने छ ।
प्रतियोगिताको उद्धघाटन भोली १ बजे संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा ७ जिल्लाका ३ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले जानकारी दिएका दिए ।
उनका अनुसार प्रतियोगितमा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा हुने गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ ।
त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण बिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका कोषाध्यक्ष तथा स्टेज संयोजक बिक्कि सुनारले जानकारी दिए ।
प्रतियोगितालाई सफल बनाउन आज एकदिने अम्पाएर सेमीनार सम्पन्न गरिएको छ जसमा ३० जना अम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् ।

नेपालमा खेलकुदको बिकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थप अभिबृद्दी गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिता २ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिता सम्पन्न गर्न संघका अध्यक्ष थापाको अध्यक्षतामा एक आयोजक कमिटि गठन गरिएको छ । जसमा रेफ्रि अफिसियल संयोजकमा आकाशचन्द्र घर्तीमगर, आर्थिकमा प्रतिक घर्तीमगर, हल तथा स्टेजतर्फ सुरज सुनार, होटल व्यवस्थापनमा विशाल बुढा मगर, स्टेजतर्फ बिक्कि सुनार, मिडिया संयोजकमा कविता घर्तीमगर, अतिथी सत्कारमा हेविन्द्र खडका र खेलकुद प्रदर्शनमा फारम महत रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







