एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविच भेटवार्ता भएको छ । सोमबार विहान बालकोटमा भएको भेटवार्ता समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवाली पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरि सकेका उनले सोमबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।