निसीखोलाका विपना र आरतीले जिते स्वर्ण


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




पोखरा । हालै पोखरामा सम्पन्न भएको तेस्रो गण्डकी प्रदेश स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा बागलुङ निसीखोला गाउँपालिकाकी आरती छन्त्याल र विपना पुनमगरले स्वर्ण जितेका छन् ।

बागलुङ जिल्लाको नेतृत्व गर्दै पतिस्पर्धामा उत्रिएका आरतीले ४५-५० र विपनाले ४०-४५ केजिको तौल समुहमा स्वर्ण जितेका हुन् । आरतीले पहिलो खेलमा स्याङजालाई हराएकी थिईन भने फाइनलमा तनहुँलाई हराउदै स्वर्ण जितेकी हुन् ।

त्यसैगरि विपनाले पहिलो खेलमा स्याङजालाई पराजित गरेकी थिईन् । दोस्रो खेलमा तनहुँलाई पराजित गरेकी उनले अन्तिम खेलमा नवलपुरलाई पाखा लगाउदै स्वर्ण जितेकी हुन् ।

७ जिल्ला कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडी करिब ३ सय भन्दावढी खेलाडीहरुको प्रतिस्पर्धात्मक खेलमा आरती र विपना सम्मलित बागलुङ जिल्ला १३ पदक सहित प्रदेशमा दोस्रो बन्न सफल भएको छ । फारम महतको नेतृत्व रहेको बागलुङले ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गरेको हो ।

दुवै जना निसीरिभर आईटिएफ दोजाङका खेलाडी हुन् । आरती र विपना दोजाङका खेलाडीहरु मध्ये हरेक प्रतियोगितामा उत्कृष्ट खेलकौशल प्रदर्शन गरि दोजाङ र निसीखोलालाई पदक दिलाउदै आईरहेको दोजाङ प्रशिक्षक गिरिजा विकले बताए ।

दुवै जना आफ्नो खेलाडीले जिल्लाको नेतृत्व गर्दै प्रदेश स्तरिय प्रतियोगिताबाट जितेको स्वर्णले जिल्लालाई दोस्रो बनाउन महत्वपुर्ण भुमिका खेल्नुका साथै सिंगो निसीखोला गाउँपालिकाको ईज्जत बढाएकोे भन्दै खुसि व्यक्त गरे । आरती र विपना आईटिएफ तेक्वान्दो खेल विद्यामा निसीखोला गाउँपालिका मात्र नभई बागलुङ जिल्ला र गण्डकी प्रदेशकै प्रवल सम्भावना बोकेका खेलाडी हुन् ।

दोजाङ प्रशिक्षक विकका अनुसार जिल्लाको नेतृत्व गर्दै खेलेका आफ्नो ८ जना खेलाडीहरु मध्ये अशोक रोकामगरले ७१-७५ तौल समुहमा रजत जितेका छन् ।

रोकामगरले स्याङजालाई पराजित गरि पहिलो खेलको सुखद सुरुवात गरेतापनि फाईनल खेलमा नवलपुरसंग पराजित भई रजतमा चित्त बुझाएका हुन् । त्यसैगरि सोम बहादुर घर्तीमगर,अन्जु मगर र राधा घर्तीमगरले भने काश्य प्राप्त गरेका छन् ।

प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४ काश्य गरि १८ पदकसहित च्याम्पियन बनेको हो । त्यसैगरि १९ पदक सहित नवलपुर तेस्रो बनेको छ । नवलपुरले ५ स्वर्ण,८ रजत र ६ काश्य हात पारेको हो ।

त्यसैगरि प्रदेश उत्कृष्ठ पुरुष खेलाडीमा स्याङजाका मनिष रेश्मीमगर घोषित भएका छन् । उनले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हात पारि उत्कृष्ट घोषित भएका हुन् ।

महिला तर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक स्वर्ण र एक कास्य गरि उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन् ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा भएको नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले बताए ।

गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगरका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा भएको थियो भने स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा भएको थियो । त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।