स्टेप वाई स्टेप माविमा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




पोखरा । स्टेप वाई स्टेप मावि मासबार, पोखराले विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ६५ जना विद्यार्थीले विभिन्न विषयमा आआफ्ना प्रस्तुतीहरु राखेका थिए ।

उक्त प्रतियोगिता मा समूह ‘ए’ बाट सुदिस्ना पौडेल प्रथम हुुन सफल भएकी थिइन् भने भेनिसा गौतम द्वितीय, आयुष पौडेल र आकृति सापकोटा तृतीय र रोशन पाठक तथा अनुष राज शम चर्तुर्थ भएका थिए ।

समूह ‘बी’ मा प्रथम निनम गुरुङ्ग, द्वितीय अनमोल खतिवडा, तृतीय एलिजा खड्का र चर्तुर्थ प्रियस आचार्य र सोनम लामा भएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीलाई अध्ययनशील बनाउने, उनीहरुको वाक क्षमतामा वृद्धि गराउने र आत्मबल अभिवृद्धि गराउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको कुरा बताइन् । उनले सहभागी विद्यार्थीलाई धन्यवाद दिँदै विजयी विद्यार्थीहरुलाई बधाई दिइन् ।

कार्यक्रममा भाइस प्रिन्सिपल दिपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले विजयी विद्यार्थीहरुलाई बधाइ प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको संञ्चालन विद्यार्थीद्वय प्रियस आचार्य र दीक्षा दर्जीले गरेका थिए भने निर्णायकमा अंग्रेजी विषयका विभागीय प्रमुख रुपेश पौडेल र अंग्रेजी शिक्षक पारस राज पाण्डे रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।