हालसम्म बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता


     एभरेस्ट आवाज    
     असार ५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । यस वर्षको मनसुन सुरु भएसँगै आएको बाढी पहिरोका कारण हालसम्म १० जनाको मृत्यू भएको छ । २६ जना वेपत्ता भएका छन् ।

प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन शुरु भएसँगै आएको बाढीपहिरोका कारण यस्तो क्षति भएको बताएका हुन ।

यस्तै घट्नामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको बताए । असार २ गते रातिदेखिको वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको सरकारको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले विपद पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताए ।
प्रभावितहरुको राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।