गुरुकुल ईन्ट्रा एसईई फुटसल प्रतियोगिता २०८०को उपाधी प्रतिभालाई


     एभरेस्ट आवाज    
     असार ५ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन गरेको खुल्ला ईन्ट्रा फुटसल प्रतियोगिताको उपाधी प्रतिभा माविले चुमेको छ ।

उपाधीका लागि आज भएको अन्तिम खेलमा प्रतिभाले ईन्द्रराज्यलक्ष्मि माविलाई ट्राईब्रेकरमा २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा दुबै तर्फका खेलाडीले एकएक गोल गरेका थिए ।

दोस्रो हाफमा पनि दुबैतर्फ एक/एक गोल गरि खेल दुई/दुई गोलको बराबरमा धकेलिएपछि ट्राईब्रेकर मार्फत प्रतिभाले उपाधि जितेको हो ।

त्यसैगरि होमटाउन एफसि तेस्रो भएको छ । होम टाउनले गनस एफसिलाई ३-० अन्तरले पराजित गर्दै तेस्रो भएको हो ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि शुक्रबार देखि सुरु भएको सो प्रतियोगितामा ७६ टिमको सहभागिता रहेको रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनी गर्दै ईन्द्रराज्यलक्ष्मिका दिपक गोले उत्कृष्ट खेलाडी घोषित भएका छन् भने प्रतिभा माविका विरेन्द्र भट्टराई उत्कृष्ट गोलकिपर ,होमटाउन एफसिका प्रज्वल बानियाँ उत्कृष्ट गोलकर्ता घाषित भएका छन् ।

जस अन्तर्गत बागलुङ,स्याङजा,पर्वत,लमजुङ तथा तनहुँबाट खेलाडीहरुले सहभागिता भएको खेल संयोजक हरि ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः२० हजार,१० हजार,५ हजार नगदसहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता श्रवण कुमार विकले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।