बझाङमा मन्त्री सवार गाडी दुर्घटना, दुईको मृत्यु, मन्त्रीसहित ३ गम्भीर


     एभरेस्ट आवाज    
     असार ५ गते २०८० मा प्रकाशित




बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सिंह सवार सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मन्त्री सिंहसहित ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना सवार गाडी सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्याएको थिए । तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए ।

उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।