कुमुदिनी होम्सको खुल्ला गीत गायनमा रवि र इरिन प्रथम


     एभरेस्ट आवाज    
     असार ६ गते २०८० मा प्रकाशित




असार ६ पोखरा । विश्व संगीत दिवशको अवसरमा पोखराको कुमुदिनी होम्सले आयोजना गरेको खुल्ला गीत गायन प्रतियोगितामा जुनियरतर्फ रवि कोईराला र सिनियरतर्फ इरिन गुरुङ प्रथम भएकी छन् ।

विश्व संगीत दिवशको अवसरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ कक्षा ५ ए मा अध्ययनरत कोइरालाले ३९ जना प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । यस्तै सिनियरतर्फको प्रतियोगितामा ३३ जनालाई पछि पार्दै कक्षा १० बी की इरिन गुरुङ प्रथम हुन सफल भएकी हुन् ।

प्रतियोगितामा जुनियरतर्फ कक्षा २ ए की सुदिक्षा ढकाल दोश्रो, कक्षा ५ बी की ग्रेसी गुरुङ तेश्रो र कक्षा ४ सी की मिष्टि सुनार चौथो हुन सफल भएकी छन् । उनीहरुले नगद क्रमसः रुपैयाँ १ हजार ५ सय, १ हजार र ५ सय, ट्रफि र प्रमाणपत्र पाप्त गरे ।
सिनियरतर्फ कक्षा ८ सी की खुशी रुथ दोश्रो भएकी छन् । कक्षा ९ बी का जेशन श्रेष्ठ तेश्रो तथा कक्षा ८ बी का सक्षम छिनाल चौथो हुन सफल भएका छन् । उनीहरुले क्रमसः नगद रुपैया १ हजार ५ सय, १ हजार र ५ सय, ट्रफि र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई संस्थापक मीना पालिखे, रश्मी पालिखे, भाईस प्रिन्सिपलहरु मन बहादुर भुजेल र मुकेश अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

कक्षा १ देखि कक्ष ५ सम्म जुनियर र कक्षा ६ देखि १० कक्षासम्म सिनियर गरि दुई समूहमा विभाजन गरि सञ्चालन गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा दुवैतर्फ गरि कुल ७२ जनाले सहभागिता जनाएका थिए ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि संगीत दिवशको अवसरमा खुल्ला प्रतियोगितात्मक सांगीतिक कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘उनीहरुलाई असल पढाईको साथसाथै असल संस्कार, संस्कृति र रुचिका अतिरिक्त कार्यक्रमहरु गर्दै आएका छौं । अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्य खेलकुद आर्ट, डान्सलगायतका विधाहरु रहेका छन् । तिनमा पनि विद्यार्थीहरुको सहभागिता उल्लेख्य हुन्छ । यो पटक संगीत दिवशको अवसरमा गायनको प्रतियोगिता गरेका हौं ।’

विश्व संगीत दिवसको उत्पत्ति सन १९८२ मा भएको हो । फ्रान्सेली संस्कृति मन्त्री ज्याक लाङले संगीत दिवस वा फेटे डे ला म्युजिक “संगीतको उत्सव” मनाउने विचार प्रस्ताव गरेका थिए ।

उता जोएल कोहेनले ग्रीष्म संक्रांतिको शुरुआत मनाउन रातभर संगीत उत्सवको विचार प्रकट गरेपछि विश्व संगीत दिवस मनाउन थालएिको पाइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।