पोखरा । पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले महिलाहरुलाई विभिन्न सिप सिकाई आत्मनिर्भर बनाउन लागि परेका छन् । त्यसै अन्तर्गत नित्य ट्रेडिश्नल टेक्स प्रालिले पोखरामा महिलाहरुलाई १० दिने बच्चाको पास्नीको कपडा डिजाईन् गर्ने तालिम प्रदान गरेको छ ।
समुदायद्वारा समुदायका लागि सिप भन्ने नाराका साथ पोखरा वडा नं. ५ पस्र्याङमा डिजाईनर तथा मुख्य प्रशिक्षकमन्जु पौडेलले उक्त तालिमको प्रशिक्षण दिएका थिए ।

गत जेठ २७ गते देखि असारको ४ गतेसम्म १० दिन सञ्चालन गरिएको तालिममा करिव २० जना महिलाहरुले सहभागिता जनाएका थिए ।
तालिम लिईसकेपछि उनीहरुले तालिम प्रभावकारी रहेको बताए । उनीहरुले सिकेको यो महत्वपुर्ण सिपलाई व्यवहारमा उतार्न आफुहरुले अव व्यवसायसंग जोडेर आत्मनिर्भर भई अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षक मन्जु पौडेलले यस अगाडी पनि देशका विभिन्न स्थानमा पहिलाहरुलाई प्रशिक्षण दिदै आएकी छिन् । उनले प्रशिक्षण दिएका महिलाहरु अहिले व्यवसायसंग जोडिएर आत्मनिर्भर भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







