पोखरामा संचालित युवा महिला रोजगार प्रबर्द्दन परियोजनाको सामाजिक लेखाजोखा सम्पन्न


     एभरेस्ट आवाज    
     असार ७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरालाई मुकाम बनाएर महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था राईट फर चिल्ड्रेनले प्लान इन्टरनेशनलसॅंगको सहकार्यमा संचालित परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम गरेको छ । संस्थाले बुधवार ३ बर्ष संचालित महिला रोजगार प्रबर्द्दन परियोजनाको सामाजिक लेखाजोखा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले परियोजनाले गरेको कार्यको प्रसंशा गरे । उनले युवा महिलाको क्षमता अभिबृद्दि, सशक्तिकरण र रोजगारीकालागि प्लान र राइट फर चिल्ड्रेनले गरेको कार्य आगामि दिनमा अझ ब्यवश्थित र प्रभाबकारी होस् भनि शुभकामना दिए । आचार्यले वडालाई मुकाम बनाएर संचालित सम्पूर्ण गैर सरकारी संस्था वडा र पोखरा महानगरपालिकाको समन्वयमा आई परिबर्तनकालागि सहकार्य गर्नु पर्ने बताए ।

राईट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलले कार्यक्रममा स्वागत गर्दै परियोजनाको उद्देश्य र मोडालिटी बारे स्पष्ट पारेका थिए । परियोजना व्यवश्थापक शुभेच्छा पन्थीले परियोजनाको उद्देश्य , ३ बर्षे गतिबिधि, उतार चढाब, लक्ष्य बान्छित उपलब्धि, बजेट र श्रोतका बारेमा प्रस्तुतिकरण दिएकी थिइन् ।अन्तर्क्रिया तथा सुझाब सत्रमा बोल्दै पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख निर्मला शर्माले प्लान र राइट फर चिल्ड्रेनद्वारा संचालित परियोजनाको कार्यप्रति सराहना ब्यक्त गर्दै यस्ता सफल र प्रभाबकारी परियोजनालाई फेज आउट पछि पनि महानगरले निरन्तरता दिने बताइन् । सिटिइभिटि गण्डकी प्रदेशका निर्देशक दामोदर देवकोटाले प्लान र राईट फर चिल्ड्रेनसंग सहकार्य गरेर कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै, तालिम प्रदायक संस्थाहरुसंग बजारको माग अनुसार तालिमकालागि सहजिकरण गर्ने प्रतिबद्दता ब्यक्त गरे । देवकोटाले कुन क्षेत्रमा जनशक्तिको आवश्यकता छ परियोजना सोहि क्षेत्रमा केन्द्रीत हुनु पर्ने बताए । उनले सरकारी कार्यालयमा जस्तै गैर सरकारी संस्थाहरुमा पनि आ व को अनित्य असारमा खर्च गर्ने प्रबृत्ति देखिएकोमा चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा गैर सरकारी संस्था गण्डकी प्रदेश समितिका उपाध्यक्ष पदम पहारी, गै स स महासंघ कास्कीका अध्यक्ष डा बुद्दि थापा , गेट भोकेसनल ट्रेनिड.सेन्टरका बिबेक पौडेल, अतिथि रिसोर्टका तोयानाथ पौडेल, सिटिइभिटि पोखरा ट्रेनिड.स्कूलका प्राचार्य हर्कलाल श्रेष्ठ, पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाका अधिकृत बिष्णुमाया पौडेल, ट्रेकिड. एजेन्सिज एसोसिएसन टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी लगायतकाले परियोजनाले गरेका उपलब्धिॅूलक गतिबिधिको चर्चा गर्दै थप प्रभाबकारिताकालागि आवशेयक सुझाब व्यक्त गरेका थिए ।
राइट फर चिल्ड्रेनका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मि दीपेन्द्र श्रेष्ठले सामाजिक लेखा परिक्षकको रुपमा सहजिकरण गरेका थिए।
सोहि कार्यक्रममा प्लान इन्टरनेशनलको सहयोगमा राइट फर चिल्ड्रेनले संचालन गरेको युवा महिला रोजगार प्रबर्द्दन परियोजनाको समापन भएको जानकारी दिइयो । परियोजना संयोजक हरिकला लम्सालले मार्च २०२० बाट संचालित कार्यक्रम यहि जुनदेखि समाप्त भएको बताइन् । सो अबधिमा १८ बर्ष पूरा भई २४ बर्ष भित्रका ७४० जना युवा महिलालाई बिभिन्न तालिम प्रदायक संघ संस्थाको सहकार्यमा १४ प्रकारका सिपमूलक तालिम प्रदान गरिएको जानकारी दिइयो । परियोजना अबधिमा कुल करिब साढे ९ करोड लगानी गरिएको लमेसालले जानकारी दिइन् । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रमुख मिना पराजुलीले प्लानको उद्देश्य, गतिबिधि र सहकार्य माथि प्रकाश पार्दै प्लान बालबालिका र महिला सशक्तिकरणकालागि लामो समयदेखि क्रियाशिल रहेको बताइन् । कार्यक्रमका अध्यक्ष तथा राइट फर चिल्ड्रेनका अध्यक्ष दीपेन्द्र राईले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै आएका सुझाबलाई मनन् गरी आगामी दिनमा अझै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।