रुकुम पश्चिममा जीप दुर्घटना, ९ जना घाइते


     एभरेस्ट आवाज    
     असार ९ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

असार ९ रुकुम पश्चिम ।रुकुम पश्चिमको घारीपाखामा जीप दुर्घटना हुँदा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित ९ जना घाइते भएका छन् ।

शनिबार दिउँसो कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् ।

दुर्घटनामा चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नौ घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।