रास्वपा पोखरा १६ मा बस्नेत


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




असार १० पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा–१६ मा केशव बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपसभापतिमा शिला नेपाली, सचिवमा विश्वबन्धु थापा र सदस्यहरुमा प्रेम बहादुर मल्ल, विना केसी, हरिकला केसी, सरिता अधिकारी सरू, मनकला नेपाली, केशव आचार्य, एकराज नेपाली र सुर्य बहादुर थापा चयन भएका छन् ।

भेलाले गोविन्दराज अधिकारी, हस्तराम आचार्य, जीवन बहादुर बस्नेत, प्रकाश थापा, शिव प्रसाद पराजुली र कृष्ण बहादुर परियारलाई सल्लाहकार तथा रमेश रेग्मी, छमाया घर्ती पाइजा र हरिनारायण श्रेष्ठलाई र्याट सदस्य चयन गरेको छ।

नवनिर्वाचित सभापति बस्नेतले पार्टीको सिद्धान्त र निति अनुसार आफु अगाडि वढ्ने र समाजका विकृति, विसङ्गतिप्रति आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले पुराना दलहरुले जन चाहना अनुरुप काम नगरेकै कारण देश अहिले जटिल मोडमा पुगेको बताउँदै, स्वतन्त्र पार्टीले मात्र समृद्ध राष्ट्र बनाउन सक्ने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी युवाहरु स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।