समाजसेवी रञ्जित दम्पतिद्वारा सहारामा सहयोग


     एभरेस्ट आवाज    
     असार १२ गते २०८० मा प्रकाशित




असार १२ पोखरा । सहारा बाल आधारभूत विद्यालयमा समाजसेवी रञ्जित दम्पत्तीले सहयोग गरेका छन् ।

मंगलबार पोखरा–९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा समाजसेवी बैकुण्ठ रञ्जित र उनकी श्रीमती पूर्णिमा रञ्जितकारले एक कार्यक्रमकाविच सहयोग गरेका हुन् ।

रञ्जित दम्पत्तीले विद्यालयमा अध्यनरत अवस्था न्यून आर्थिक अवस्थाका कक्षा ७ मा अध्ययनरत एक जना छात्रको कक्षा १२ सम्मको सम्पूर्ण खर्च आफूले वेहोर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा उनीहरुले दुई जना विद्यार्थीलाई पोसाक, जुत्ता तथा यस शैक्षिक सत्रका लागि आवश्यक स्टेस्नरी सामाग्री हस्तान्त्रण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक लोचना अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनीधि लगायतले सहयोगका लागि रञ्जित दम्पत्तीलाई आभार व्यक्त गर्दै विद्यालयको विकासका बारेमा चिन्ता र चासो व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालिको अध्यक्षतमा सम्पन्न भएको थियो । सहयोगी रञ्जित विद्यालयका अक्षकोषदाता समेत हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।