ज्ञानेन्द्र माविबाट शिक्षक आचार्यलाई विदाई


     एभरेस्ट आवाज    
     असार १३ गते २०८० मा प्रकाशित




पोखरा । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ स्थित श्री ज्ञानेन्द्र माध्यमिक विद्यालयबाट शिक्षक गणेश प्रसाद आचार्यलाई विदाई गरिएको छ ।

विगत ४० वर्ष देखि स्थाई रुपमा शिक्षण पेशामा आवद्ध रहि विभिन्न विद्यालयमा अध्यापन गराउदै आएका आचार्य ६० वर्ष उमेर हदका कारण अवकाश प्राप्त गरे लगत्तै विद्यालयले विदाई गरेको हो ।

शिक्षा नियमावलीमा ६० वर्ष भन्दा माथी उमेर पुगेपछि अनिवार्य अवकास लिनुपर्ने प्रावधान अन्तर्गत सोहि विद्यालयमा प्रावि तहमा विज्ञान विषयका रुपमा करिब १० योग्दान दिदै आएका शिक्षक आचार्य अवकासमा गएका हुन् ।

शिक्षक आचार्यलाई विद्यालय व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष कमला पुनमगर,प्रधानाध्यापक अमृता बुढामगरले खादामाला लगाई विदाई गरेका छन् ।

विदाईका क्रममा शिक्षक आचार्यले शिक्षक पेशाबाट अवकास लिएपनि अव बाँकी समय सामाजिक सेवामा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यालयमा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई उज्वल भविश्यको कामना गर्दै उनले अध्यपन सेवाबाट अवकास लिएपनि पढाईमा कुनै समस्या भए आफुसंग परामर्श गर्न विद्यार्थीलाई आग्रह गरे ।

आचार्यले विद्यालयबाट विदाई हुदै उक्त विद्यालयलाई २१ हजार १ सय २५ नगद र ३ थान भलिबल सहयोग गरेका छन् ।

कार्यवाहक अध्यक्ष पुनको अध्यक्षता तथा प्रअ बुढामगले स्वागत गरेको उक्त कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी भानसिँ बुढामगर,थमन घर्तीमगर,ढाल बहादुर छन्त्याल,रोविन मगर,हिरा बहादुर पुन,जनप्रतिनिधिको तर्फबाट मोतीमाला विक र भरतसिँ सुनार लगाएत अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

साथै सोही अवसरमा विद्यालय व्यवस्थापन समितीमा एक जना जनप्रतिनिधिका तर्फबाट पादेन सदस्य हुनुपर्ने प्रावधान अन्तर्गत पादेन सदस्यमा भारतसिँ सुनारलाई नियुक्त गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।