फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

- नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा


     एभरेस्ट आवाज    
     असार १४ गते २०८० मा प्रकाशित




काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ । यसैगरी बङ्गलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ । श्रीलङ्का २०७औँ स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।