१३ औ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा गण्डकीबाट १२ जना सहभागी


     एभरेस्ट आवाज    
     असार १५ गते २०८० मा प्रकाशित




पोखरा । भक्तपुरमा आजदेखि सुरु भएको १३ औ जुनियर राष्ट्रिय आइ टि एफ तेक्वान्दो प्रतियोगितामा गण्डकी प्रदेशबाट १२ जना खेलाडी सहभागी भएका छन् ।

भक्तपुरको गठ्ठाघरमा भोली सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भएका खेलाडीहरुले स्पाइरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा गर्ने नेपाल आईटिएफ संघ गण्डकी प्रदेशका उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका करिब १ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।