मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो ।
नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए ।
त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए । त्यस्तै सन्तोष यादवले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए । सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे । निरजकुमार यादव आठ रनमा आउट भए ।
मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे । यसहारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







