पोखरा, असार १५
पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले यस पटकपनि विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराएको छ । अघिल्लो वर्षपनि धान रोपाईं स्थल पोखरा–१४ चाउथेमा लगेर विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराएको प्रतिभा माविले यसपालीपनि विद्यार्थीलाई सो अनुभव गराएको हो ।

‘मानो खाएर मुरी उब्जाउने’ दिन अर्थात धान दिवसको अवसर पारेर प्रतिभा माविले चाउथेस्थित विद्यालयको आफ्नै जग्गामा धान रोपाईं गर्नुका साथै विद्यार्थीलाई सोको प्रत्यक्ष अनुभव गराएको विद्यालयकी प्रिप्राईमेरी ईञ्चार्ज निर्मला सुवेदी श्रेष्ठले जानकारी दिईन् । धान रोपाईंको प्रत्यक्ष अनुभवका लागि सो विद्यालयका कक्षा एकमा अध्ययन गर्ने विद्यार्थीहरु पुगेको उनले बताईन् ।

त्यहाँ विद्यार्थीले धान रोपाईंको अवलोकन गर्नुका साथै आफैपनि धान रोपेर धान रोपेको प्रत्यक्ष अनुभव गरेका थिए । ‘विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराउनु नै हाम्रो उद्देश्य हो’–उनले भनिन् ।
सो अवसरमा विद्यार्थीलाई दही चिउरापनि खुवाईएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







