प्रदेश खेलकुद परिषद गण्डकी द्वारा जिल्ला खेलकुदका कर्मचारीसंग छलफल


     एभरेस्ट आवाज    
     असार १५ गते २०८० मा प्रकाशित




असार १५ पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुदका कर्मचारीहरु संग छलफल गरेको छ ।
परिषदको सचिवालयमा शुक्रबार भएको उक्त छलफलमा आगामी दिनमा जिल्लाहरुमा खेलकुदको गति तिव्र बनाउने संगै कर्मचारीहरुको व्यवस्थापनमा विषयमा छलफल केन्द्रित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् ।


यहि असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा कार्यरत कर्मचारीहरु परिषद समायोजन भए संगै परिषदले आगामी दिनका योजना अघि सार्न पहिलो पटक उक्त छलफल गरिएको सदस्य सचिव शर्माले जनाए । साथै जिल्लामा आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्ने तथा राखेपबाट समायोजन भएर आएका प्रशिक्षक र कर्मचारीहरुलाई परिषदले आफ्नो मातहतमा राखेर काम काज लाई अझै चुस्त बनाउने विषयमा छलफल केन्द्रित गरिएको उनको भनाई थियो ।


खेलकुद अब संघियताको मर्म अनुसार अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै कर्मचारीहरुको व्यवस्थापनले जिल्लाहरुमा खेलकुदका कार्यक्रम अघि बढाउन समेत धेरै सहजता हुने उनले उल्लेख गरे । उनले भने–“हामी प्रदेशको खेलकुद गतिलाई अझै तिव्र बनाउन चाहेका छौं,” सदस्य सचिव शर्माले भने–“कर्मचारीहरु परिषद मातहात आएका छन् अब योजनावद्ध रुपमा हामी अघि बढ्छौं ।”

बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।