संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल


     एभरेस्ट आवाज    
     असार १६ गते २०८० मा प्रकाशित




काठमाण्डौं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन् ।

कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय भएका छन्। त्यसैगरी समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भएका छन् ।

निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिए । नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।