पोखरामा जापानी भाषा शिक्षकहरुको तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १७ गते २०८० मा प्रकाशित




असार १७ पोखरा । पोखरामा भाषा संघ नेपाल (ल्यान)को आयोजनामा पाँचौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ ।

आइतबार पोखरामा सम्पन्न तालिममा पोखराका विभिन्न जापानी भाषा स्कुलमा आवद्ध २० जना भाषा शिक्षकहरुको सहभागिता रहेको संघले जनाएको छ ।

तालिममा संघका उपाध्यक्ष सृजन भान्साकार्य, मोतिप्रसाद श्रेष्ठ र निलम बाटाजुले सहजिकरण गरेका थिए । जापानी भाषाको इतिहास र कार्यक्रमको उद्देश्यमाथि कार्यक्रम संयोजक समेत रहेका उपाध्यक्ष भान्साकार्यले प्रकाश पारे । उनले जापानी भाषा शिक्षकहरुको तालिममार्फत क्षमता अभिवृद्धि गराउने उद्देश्यले पाँचौं संस्करण तालिम सञ्चालन गरिएको जानकारी दिए ।

नेपालबाट जापान अध्यन गर्न जान चाहने विद्यार्थीहरुलाई सहजीकरणसँगै उनीहरुको हितका लागि खोलिएको संस्थाले हालसम्म थुप्रै विद्यार्थी लक्षित कार्यक्रम गरिरहेको संस्थाका अध्यक्ष पूर्णचन्द्र न्यौपानेले बताए ।

संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भान्साकार्यले स्वागत र महासचिव बालकृष्ण शर्माले सञ्चालन गरेका थिए । संस्थामा हाल ३९ वटा भाषा स्कुल आवद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।