हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पु¥याएको छ ।
यसैबीच, उत्तर प्रदेशको मैनपुरी जिल्लामा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार चट्याङको घटना भएको हो ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मैनपुरीका अतिरिक्त जिल्ला मजिस्ट्रेट रामजी मिश्राले एएनआईलाई बताएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







