सीता दाहालको निधनप्रति पूर्वप्रधानमन्त्रीद्वय देउवा र खनालद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     असार २७ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहलको निधनप्रति पूर्व प्रधानमन्त्री द्वय शेरबहादुर देउवा र झलनाथ खनालले दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाले आज एक शोक विज्ञप्तीमार्फत दाहालको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ ।” खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकको राजनीतिक विकासक्रममा दिवङ्गत दाहालले पुर्याएको योगदानको इतिहासमा अविश्मरणीय रहने नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन् । उनले पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्डलगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ ।

दाहालको ६९ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा निधन भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।