काठमाण्डौं । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ ।
नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए ।
उनले भने, “न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।”
समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासङ्घको माग रहेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







