नौलो घुम्ति नेपालद्वारा बिद्यार्थीहरुकालागि करियर काउन्सिलिड.एण्ड पाथ आइडेन्टिफिकेसन कार्यशाला सम्पन्न


     एभरेस्ट आवाज    
     असार २९ गते २०८० मा प्रकाशित




पोखरा । गैर सरकारी संस्था नौलो घुम्ति नेपालले माध्यमिक बिद्यालय तह पढिरहेका बिद्यार्थीहरुकालागि आयोजना गरेको ३ दिने “करियर परामर्श तथा मार्ग पहिचान (करियर काउन्सिलिड.एण्ड पाथ आइडेन्डिफिकेसन)“ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा आयोजित कार्यक्रममा म्याग्दी, बागलुड., पर्बत, कास्कीका कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना बिद्यार्थीको सहभागिता रहेको नौलो घुम्ति नेपालका महेश बि.क.ले जानकारी दिए ।
कार्यशालाको अन्तिम दिन बिहिवार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका सचिब मनमाया पॅंगेनीले निरन्तर लागि रहे सफलता सम्भब रहेको बताए । उनले आफू पनि ग्रामिण परिवेशबाट दुख गरेर आज यहांसम्म आउन सफल रहेको बताइन् ।
पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्दन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नबराज अधिकारीले बिद्यार्थीहरुका करियरकालागि सघाउन केन्द्र तयार रहेको बताए । सहयोगी संस्था गुड नेबर इन्टरनेशनलका अपरेसन म्यानेजर शंकर सुबेदीले बिपन्न बर्गका समुदायका बालबालिकाको शिक्षाकालागि संस्था लामो समयदेखि लागि परेको बताए । उनले बिगत २५ बर्षमा संस्थाले देशका बिभिन्न जिल्लाबाट छानिएका ४५ हजार बालबालिकाको कक्षा १ देखि १२ सम्मको शिक्षाकालागि सहयोग गरेको बताए ।

नौलो घुम्ति नेपालका कार्यकारी निर्देशक अनिष गुरुड.ले नौलो घुम्तिले समुदायकालागि गरेको गतिबिधि बारे प्रकाश पार्दै संस्था सदैब बिद्यार्थीको समसाथमा नहिरहने प्रतिबद्दता ब्यक्त गरे ।

नौलो घुम्ति नेपालका अध्यक्ष बद्रिबिनोद प्रतीकको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफ एम का संचारकर्मि दीपेन्द्र श्रेष्ठ र पूर्ब स्पोन्सर्ड बिद्यार्थी हरेन्द्र बिष्ट उत्प्रेरणात्मक मन्तव्य राखेका थिए ।
असार २६, २७ र २८ गते ३ दिनमा आधारभूत जीवन कौशल, स्वट विश्लेषण(SWOT Analysis), आत्मप्रेरणा र लक्ष्य सेटिङ कार्यशाला, प्रशंसात्मक सोधपुछको फोर डी : खोज, सपना, डिजाइन, र नियति, अनलक गर्ने मार्गहरू खोज, अधिकतम, र लाभ संसाधन र अवसरहरू बारे युवालय संस्थाका सहजकर्ताद्वय धर्मराज रिमाल र अधिवक्ता कुन्जनी परियारले सहजिकरण गरेका थिए । समापन पछि बिद्यार्थीहरुले इन्द्रेणी ट्राउट फार्म माछापुच्छ्रे ८ र लुम्रेको सिकाइ र अवलोकन भ्रमण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।