आचार्य सेवा समाजमा ४० यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असार २९ गते २०८० मा प्रकाशित




पोखरा । आचार्य सेवा समाज नेपालले २१० औ भानु जयन्तीको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत सकलन भएको छ ।

पोखरामा शुक्रबार समाजले २१० औ भानु जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष राम प्रसाद अधिकारी, कार्यक्रम संयोजक डा.मुकुन्दप्रसाद आचार्यलगायतले नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले पुर्याएको योगदान अविष्मरणीय भएको बताएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।