पर्वतको दुर्लुङमा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते


     एभरेस्ट आवाज    
     असार ३० गते २०८० मा प्रकाशित




पर्वत । पर्वतको देउरालीमा शनिबार साँझ भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पर्वतको कुश्माबाट दुर्लुङतर्फ जाँदै गरेको ग १ ज ५२२९ नम्वरको जीप कुश्मा नगरपालिका–३ देउराली भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा ३ की वर्ष ७ की सितल वि.कको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सितललाई उद्दार गरि पर्वत जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्य तीन जनालाई जिल्ला अस्पताल पर्वतले पोखरा रिफर गरेको छ । पोखरा रिफर हुनेहरुमा वर्ष ४ का प्रिन्स क्षेत्री, वर्ष ३५ का मिनबहादुर क्षेत्री र वर्ष ५० की चन्द्रकला क्षेत्री रहेको छन् । उनीहरुको हात खुट्टा, टाउको र ढाडमा चोट लागेकाले एमआरआईका लागि पोखरा रिफर गरिएको घटनास्थलमा रहेका एक प्रहरीले जानकारी दिए ।

अन्य घाइतेहरुको उपचार भइरहेकोे छ । उनीहरुको पनि हात खुट्टा, टाउको र ढाडमा चोट लागेको जनाइएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उकालोमा जीपको अगाडीपट्टिको टायर उछिट्टिएर दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएपनि विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतको कन्ट्रोलरुमले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।