फाइल तस्विर
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन ।
नेपाली कांग्रेस बागलुङले आज ४१औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेएका उनले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए ।
उनले बिपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । “बिपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरुले समेत बिपीको विचारलाई मान्ने गरेका छन्, तर बिपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेले भने, “उनले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आआफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।”
अब बिपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गरे । उनले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए । कालिका मन्दिर परिसरमा ४१औँ बिपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षका बिरुवा वृक्षरोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





