पोखरा, साउन ७
पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ (भाई) चयन भएका छन् । संघको शनिबार पोखरामा भएको चौधौं साधारण सभा तथा सातौं अधिवेशनले लेकाली व्याण्डका भोकलिष्ट गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा टोपबहादुर केसी (देउराली व्याण्ड), सचिवमा भाष्करध्वज श्रेष्ठ डिमर्चा व्याण्ड, कोषाध्यक्षमा शान्तरत्न बज्रचार्य (देउराली व्याण्ड) र सहसचिवमा विनोद बानिया सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा ईन्द्रबहादुर गुरुङ (पखेरी व्याण्ड), आनन्दराज बज्रचार्य (देउराली), अमित गुरुङ (कन्दरा व्याण्ड ) र रोहनजंग कार्की चयन भएका छन् ।
निवर्तमान अध्यक्ष हर्कबहादुर थापा (सुनिल)को अध्यक्षता तथा संस्कृतिविद् तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, एसके साउण्ड सिस्टमका सञ्चालक तथा समाजसेवी शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष हर्कराज गुरुङ, सचिव राजेन्द्र अधिकारीलगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







