पौडी खेल्ने क्रममा डुबेर १६ वर्षिय किशोरको मृत्यू


     एभरेस्ट आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरा, साउन ७

पोखरामा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१७ पावरहाउस नजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरा–८ बगालेटोल निवासी १६ वर्षिय विवेक कुँवरको मृत्यू भएको हो ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका कुँवरलाई गोताखोर टोलीले शनिबार साँझ ७ः५० मा फेला पारेको कास्की प्रहरीले जनाएको छ । त्यसलगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।