साङ्केतिक तस्विर
साउन ७ पोखरा । गत महिना पोखराको गुफाडाँडामा मरणासन्न अवस्थामा फेला परेकी एक यूवतीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत महिना जेठ ६ गते विहान गोरखा गण्डकी गाउँवपालिका–७ घर भएकी वर्ष २४ की आकृति रेग्मीमाथि निर्घात कुटपिट संलग्न रहेको आरोपमा प्रहरीले धादिङको बेनीघाट रोराङ –१० ढुंगे घरका वर्ष २५ का दिपेन गुरुङ भनिने सन्त बहादुर मगरलाई पक्राउ गरेको हो । कुटपिटको आरोप लागेका सन्तबहादुर एक महिना पछि पक्राउ परेका हुन् ।
गत जेठ ६ गते बिहान शरिरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको अवस्थामा झाडीमा भेटिएकी रेग्मीलाई उद्दार गरि अस्पताल पुर्याइएको थियो । रेग्मीले दिएको बयानका आधारमा दिपेन भनिने सन्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
पक्राउ परेका सन्तबहादुरले रेग्मीलाई विभिन्न घरेलु हतियारको प्रयोग गरि टाउको, दायाँ आँखा तथा शरिरका विभिन्न भागमा मरणासन्न हुनेगरि कुटपिटपछि झाँडीमा फालेको र उनीसँग भएको नगद रु ४ हजार र मोवाईल लिएर फरार भएको रेग्मीले प्रहरीसमक्ष बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका सन्तबहादुरलाई कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







