करेन्ट लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

साउन ९ गोरखा । गोरखामा करेन्ट लागेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका शहीद लखन गाउँपालिका ७ थापागाँउका ४० वर्षिय राममणि थापाको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो ।

बाह्रेविसेस्थित शान्ता तिवारीको कुखुरा फार्ममा हाते ट्याक्टर निकाल्न जाँदा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते थापालाई उपचारका लागि गोरखा अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।