महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।
आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याए ।
पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो । “हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्”, उनले भने, “यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनप¥यो ।”
फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







