रेडक्रस कास्कीद्वारा एभरेस्ट एफएम लगायत रक्दाता र संस्था सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले एभरेस्ट एफ एम सहित विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको छ ।

५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा रेडक्रस कास्कीले शुक्रबार पोखरामा एक कार्यक्रमका विच रेडियोले आ व २०७९/८० मा १५१ यूनिट रगत संकलन गरी रक्तदान जन चेतनाकालागि महत्वपूर्ण भन्दै सम्मान गरेको हो ।

सो अवसरमा एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठलाई पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारी, रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा, कार्यक्रम संयोजक एवं उपसभापति धर्मराज अधिकारी लगायतले खादा, अविर र सम्मानपत्रद्वारा सम्मान गरे ।

गत कार्तिक १६ गते एभरेस्ट एफ एम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको थिय। जसमध्य ३३ महिलासहित १५१ जनाले रक्तदान गरेका थिए । एभरेस्टले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

५८ औं रक्तसन्चार सेवा दिवसको अवसरमा अन्य स्वयमसेवी र आकष्मिक रक्तदाता व्यक्ति एवं संस्थालाई समेत सम्मान गरिएको थियो ।

साथै सो अवसरमा विभन्नि २६ स्वयमसेवी रक्तदाता व्यक्ति एवं संस्थालाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा लायन्स क्लव अफ शुक्ला गण्डकी तनहुँ, लायन्स क्लव अफ पोखरा अभियान, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटी, मदरल्याण्ड मावि पोखरा–७, गरिमा विकास बैंक लि., पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लि., हाम्रो दलित समाज, तनहुँ, नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज पोखरा –१५, लक्ष्मी ग्रुप पोखरा , धदिङ पोखरा सम्पर्क समाज, शान्तिद्वि रहेका छन् ।

यस्तै तिर्थराज अवस्थी, गणेश छबी, उपेन्द्र अधिकारी, हर्षल विजुक्छे, शम्भुलाल श्रेष्ठ, चिन्तामणी बाँस्तोला, सन्तोषकुमार घिमिरे, सन्तोषकुमार मिश्र, भुवनप्रसाद श्रेष्ठ, सावित्री अर्याल, बालिका थापा, उमेश अछामी, सन्तोष पोखरेल, दीपेन्द्र अधिकारी रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।