साउन १२ पोखरा । पाखेरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले रक्तदान जत्तिको ठूलो पूण्यको काम अरु कुनै नभएको बताएकी छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शुक्रबार पोखरामा ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित रक्तदाता सम्मान तथा खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्, ‘मानिसको जीवनलाई पुर्नजीवन दिने जत्तिको पूण्य अरु केही हुनै सक्दैन, रक्तदानको आवश्यकता र महत्वलाताई बुझाउन अझ व्यापक प्रचार गरिनुपर्छ ।’ उपप्रमुख गुरुङले विपद्का बेला रेडक्रसको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले रेडक्रससँग स्थानिय सरकारले मिलेर सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता पनि व्यक्त गरिन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मानविय सेवामा खटेको रेडक्रसले समाजमा छुट्टै छाप छोड्न सफल भएको बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशका जिल्लाहरुमा रेडक्रसले सञ्चालन गरेको निशूल्क रक्तसञ्चार सुविधा प्रशंसनिय रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले रेडक्रस कास्कीले गरेका उपलब्धीहरु प्रसंसनिय रहेको बताए । ‘टिम वर्क’ले नै कुनैपनि कार्यक्रम सफल हुने बताउँदै यस्तै टिम वर्कलाई निरन्ता दिन आग्रह गरे । उनले निःशूल्क रक्तसञ्चार पछि अव निःशूल्क एम्वुलेन्सको आवश्यकता रहेको भन्दै यसको लागि उचित पहल गर्न पोखरा महानगरपालिकासँग आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पहलमा अहिले रक्तसञ्चारलाई आम सर्वसाधरणको पहुँच पुर्याउन निःशूल्क बनाइएको उपसभापति धर्मराज अधिकारीले जानकारी दिए । यसअघि भण्डारण, परीक्षण र कर्मचारी व्यवस्थापन लगायतका कारण रगतमा शूल्क लाग्ने गरेकोमा सबैको सकारात्मक पहलका कारण नेपालभर निःशूल्क रगत वितरण गर्न सफल भएको उनले बताए । कास्की शाखाले गत आर्थिक वर्षमा मात्रै २० हजार यूनिट रगत संकलन गरि ३२ हजार यूनिट वितरण गरेको उनले जानकारी दिए ।
कार्यक्रममा गत आर्थिक वर्षमा एक सय बढि यूनिट रगत संकलन गर्ने विभन्नि २६ स्वयमसेवी रक्तदाता व्यक्ति एवं संस्थालाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा यसरी सम्मानित हुनेहरुमा लायन्स क्लव अफ शुक्ला गण्डकी तनहुँ, लायन्स क्लव अफ पोखरा अभियान, एभरेस्ट एफएम, लायन्स क्लव अफ दुलेगौंडा, खैरेनी सिटी, मदरल्याण्ड मावि पोखरा–७, गरिमा विकास बैंक लि., पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लि., हाम्रो दलित समाज, तनहुँ, नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज पोखरा –१५, लक्ष्मी ग्रुप पोखरा , धदिङ पोखरा सम्पर्क समाज, शान्तिद्विप रहेका छन् ।
यस्तै तिर्थराज अवस्थी, गणेश छबी, उपेन्द्र अधिकारी, हर्षल विजुक्छे, शम्भुलाल श्रेष्ठ, चिन्तामणी बाँस्तोला, सन्तोषकुमार घिमिरे, सन्तोषकुमार मिश्र, भुवनप्रसाद श्रेष्ठ, सावित्री अर्याल, बालिका थापा, उमेश अछामी, सन्तोष पोखरेल, दीपेन्द्र अधिकारी रहेका छन् ।
यसैविच नेपाल रेडक्रस सोसाइटी कास्कीले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ९० यूनिट रगत संकलन भएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







